आयो को १ च ७


मारवाडी समुदायको एकल महिलाको कथा र व्यथा समेटिएको पुस्तक को १ च ७ प्रकाशित भएको छ । नेपाली र अंग्रेजी भाषामा एक साथ प्रकाशित उक्त पुस्तक काठमाडौमा विमोचन गर्दै राष्ट्रपति डा. रामवरण यादवले भने, ‘मारवाडी समुदायकी एक एकल महिलाको कथा वास्तवमै मार्मिक छ ।’
भारतीय फिल्मी नगरीको नाहटा परिवारकी कान्छी छोरी तथा उद्योगपती परिवारका रुपमा चिनिएको गोल्छा परिवारकी सदस्य स्व. महेन्द्र गोल्छाकी श्रीमती राज्यलक्ष्मी गोल्छाको जीवन संघर्षलाई पुस्तकमा समेटिएको पुस्तकका लेखक पत्रकार शंकर खरेलले बताएका छन् ।
पूर्वाञ्चल कला तथा साहित्य समूहले बजारमा ल्याएको पुस्तकको चार खण्डमध्ये पहिलो खण्डमा रोचक यात्रा र इतिहासको खोज छ भने दोस्रो खण्डमा राज्यलक्ष्मी गोल्छाका अतित र वर्तमान उल्लेख छन् । तेस्रो चरणमा परिवारका सदस्य र प्रतिष्ठित व्यक्तिहरुद्धारा राज्यलक्ष्मी गोल्छाका बारेमा राखिएका धारणा समावेश छन् भने चौथो चरणमा विस्तृत अन्तवार्ता समावेश गरिएकोछ ।
पुस्तकमा कुनै एउटा उद्योगपती परिवारको कथा मात्र होइन, विराटनगरको इतिहास र तात्कालिन सामाजिक परम्परालाई चित्रित गरिएको छ भने भारतका विभिन्न स्थानमा घटेका घटनाहरुका साथै भारतीय नेताका प्रेम प्रसंगले समेत पुस्तकमा ठाउँ पाएको छ । साउन ११


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :