बहुविवाह गर्ने एमाले नेता गाउँबाट लखेटिए- कानुनको मर्यादा कि युवा जोश ?
Posted by
purwanews
Published on
Thursday, June 23, 2011
राणाकाल तथा पञ्चायतकालमा जब गाउँको मुल्यमान्यता विपरीत कसैले काम गथ्र्यो, त्यो सजायको भागिदार हुन्थ्यो । र सजाय भनेको चारपाटे मुढेर गाउँबाट लखेट्ने देखि कोर्रा, र घर जमिन जफत सम्मका सजाय दिइन्थे गाउँका ठालुहरुले । गोरखामा यसै साता यस्तै राणाकालिन सजायको भागिदार एकजना एमाले नेता भएका छन्, त्यो पनि युवाहरुबाट ।
बुढेसकालमा बहुविवाह गरेको आरोपमा स्थानीयले गोरखाको गोरखा नगरपालिका-११ का एमाले जिल्ला नेता ७२ वर्षीय रेशमबहादुर बानियाँलाई गाउँ निकाला गरेका हुन् ।
गोरखामा एमाले वरिष्ठ जिल्ला नेताको उपमा पाएका पाण्डेले साली नाता पर्ने जिल्लाकै मिरकोट गाविस विर्दी गाउँकी २६ वर्षीया सुशीला पाण्डेलाई कान्छी श्रीमतीका रुपमा भित्र्याएपछि गाउँलेले दुबै नवदम्पत्तिलाई गाउँ निकाला गरी खोला कटाएका हुन् ।
बानियाँकी जेठी श्रीमती भएको र पाण्डेको घरमा पनि श्रीमान हुँदाहुदै अर्को विवाह गरेकाले उनीहरुलाई गाउँ निकाला गरिएको स्थानीयले बताएका छन् । विगतमा गोरखा नगरपालिका-११ वडा अध्यक्षसमेत रहेर काम गिरसकेका बानियाँ एमालेको केपी ओली पक्षका मानिन्छन् ।बानियाँकी जेठी श्रीमती मिनकुमारीले आफूलाई श्रीमानले पटकपटक मानसिक र शारीरिक यातना दिएको बताउनुभएको छ । दुई छोरा र एक छोरीका बाबु बानियाँका एक छोरा नेपाल आर्मीका बहालवाला मेजर छन् ।
बहुविवाहलाई कानुनतः अपराधको रुपमा लिइन्छ । राजनीतिक दलका नेताहरुबाटै कानुन उल्लंघन भइरहनुले कानुनको उपहास गरेको छ । दोषीले सजाय पाउनैपर्छ । तर यसरी चप्पलको माला लगाएर गाउँबाट लखेटिने पञ्चायतकालको प्रवृत्ती दोहोरिनु के सही छ ? यसलाई कानुनको पालना गराउने तरिका मान्ने कि युवा जोश ? (news source : onlinekhabar)९ असार, गोरखा ।
प्रतिक्रिया दिनुहोस् >>
