भेटनरी कर्मचारीहरु आन्दोलित


पूर्वन्युज : पूर्वाञ्चलका भेटनरी कर्मचारीहरु आन्दोलित बनेका छन् । आफूहरुलाई औषधि लेख्ने अधिकार दिनु पर्ने, स्वदेश तथा विदेश भ्रमणमा समावेशी हुनु पर्ने, पेशालाई सुरक्षित र मर्यादित बनाउनु पर्ने, आगामी वर्षको बजेटमा कम्तीमा १५% कृषिलाई छुटयाउनु पर्ने लगायतका सात बुंदे माग गराख्दै कर्मचारीहरु आन्दोलित बनेका हुन ।
विहिबार सुनसरी सदरमुकाम इनरुवामा पूर्वाञ्चलका विभिन्न जिल्लाका पशु सेवा कार्यालयमा कार्यरत भेटनरी स्वास्थ्यकर्मीहरुको संयुक्त भेलाबाट आन्दोलनको घोषणा गरिएको नेपाल पाराभेटनरी एण्ड लाइभ स्टोक एशोसिएशन पूर्वाञ्चल आन्दोलन परिचालन समितिका संयोजक केशव श्रेष्ठले जानकारी दिए ।
एशोसिएशन आवद्ध पशु स्वास्थ्यकर्मीहरुले सरकारको निति तथा कार्यक्रमहरु अपारदर्शी भएको भन्दै पारदर्शी हुनु पर्ने कर्मचारीहरुको आपसी समझदारी र समन्वयमा  कार्यक्रमहरु ल्याउनु पर्ने माग गर्दै आन्देलनकनो कार्यक्रम घोषणा गरेको हो ।
कर्यक्रममा एशोसिएशनका केन्द्रिय वरिष्ठ उष्पाध्यक्ष रामप्रसाद मेहताले विगत लामो समय देखि यस क्षेत्रमा सदस्यहरुको हकहित तथा कृषक समूदाय प्रति जवाफ देहि भई प्रभावकारी सेवा प्रवाहका लागि प्रधानमन्त्रीको कार्यालय, अर्थ, कृषि तथा सहकारी मन्त्रालय, राष्ट्रिय योजना आयोग, पशु सेवा विभाग लगायतकोमा आफना मागहरु राख्दै आएको भए पनि कुनै सुनुवाई नभएकोले आफूहरु बाध्य भई आन्दोलित बनेको बताए ।
एशोसिएशनले शुक्रबार (आज ) १० बजे देखि ११ बजे सम्म पूर्वाञ्चल क्षेत्रिय पशु सेवा निर्देशनालय अन्तरगत १६ जिल्लाको पशु सेवा कार्यालयहरु, पशु सेवा केन्द्र तथा उपकेन्द्रहरु बन्द गर्ने घोषणा गरेका छन् । उनीहरुले माग पुरा नभए आइतबार देखि थप कडा संघर्षको कार्यक्रमहरु तय गर्ने चेतावनी दिएका छन् । १६ असार


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :