सडकमा हलो जोतेर धान छरियो
Posted by
purwanews
Published on
Sunday, May 29, 2011
धान हिलो खेतमा रोपिन्छ । तर देश गणतन्त्रात्मक भइसकेपछि पनि भुमीहिनहरुलाई सरकारले उपेक्षा गरेको भन्दै सुनसरीका भुमीहिनहरुले इटहरी चौकमा सडकमै हलो जोतेर धान छरेका छन् ।
व्यस्त सडकको तातो घाममा हलो कुटो कोदालो सहित उपस्थित भुमिहिनहरुले सडकमै हलो जोतेका थिए भने बाँकीले धान छरेका थिए । हलोमा दुई जना किसान नारिएर सडक जोतेझै गर्दा बाटो हिड्नेहरुलाई समेत अचम्मित तुल्याएको थियो ।
भूमी खनजोत गरी अन्न उब्जाउने किसानहरु आफै भुमिहीन भएकोले सरकारको ध्यान आकर्षण गर्न राष्ट्रिय भुमी अधिकार मञ्च जिल्ला समिति सुनसरीले आइतबार तातो सडकमा हलो जोतेर धान छरेको हो । भूमी भए आफुहरु पनि गरिखान सक्ने भएको भन्दै सरकारले भूमी उपलब्ध गराउनु पर्ने माग गर्दै मञ्चले गरेको मञ्च सुनसरीका अध्यक्ष मनोज चौधरीले बताए ।कृषिप्रधान मुलुक भनिएतापनि किसानले नै जमिन नपाउने तथा आवश्यक परेको बेलामा धानको बिउ नपाउने अवस्था रहेको अवस्थामा विरोध समेत जनाएका हुन् । मुलुक गणतन्त्रात्मक भइसक्दा पनि नेपालका किसान तथा भुमिहीनहरु आफ्नो अधिकारबाट वञ्चित रहेको र राज्यका तर्फबाट उपेक्षित हुँदै आएको उनीहरुको गुनासो छ । जेठ १५
प्रतिक्रिया दिनुहोस् >>

