सावधान सामाजिक नेटवर्कले कंगाल बनाउला
Posted by
purwanews
Published on
Monday, May 16, 2011

पछिल्लो समयमा फेसवुक ट्वीटर जस्ता समाजिक नेटवर्क निकै चर्चित भएका छन् । यी नेटवर्कहरु प्रयोग गर्न पाएनन् भने धेरै मानिस पागल सम्म हुन सक्छन् । फेसवुक र ट्वीटर अहिले आम मानिसको नशा नै बनेको छ । तर यसबाट आफू सचेत हुन सकिएन भने क्षणभरमै कंगाल बन्न सकिन्छ ।
इन्टरनेटमा पहुँच भएको जो कोही पनि फेसवुक वा ट्वीटर प्रयोग नगर्ने व्यक्ति सायदै कोही होला । दशौ वर्ष पूरानो साथीलाई खोज्नु पर्यो वा नयाँ साथी बनाउनु पर्यो भने फेसवुक खोले हुन्छ । खोजेको व्यक्तिलाई क्षणभरमै सम्पर्क गराई दिन्छ फेसबुकले । फेसबुक, ट्वीटर जस्ता सामाजिक नेटवर्कलाई अहिले आम मानिस देखि उच्च तहका व्यक्तिहरुले आफ्नो मनका कुरा साट्ने देखि बहस चलाउने सम्म प्रयोग गरिरहेका छन् । फेसबुक र ट्वीटरको विषयमा धेरै व्याख्या गरिरहँदा तपाईहरुको नै अपमान गरेको हुन सक्छ, त्यसैले हामीले उठाउन खोजेको विषय भनेको सामाजिक नेटवर्कलाई असावधानी पूर्वक प्रयोग गर्दा हुने वेफाइदा हो ।
हो, फेसबुक तथा ट्वीटर जस्ता सामाजिक नेटवर्क साइटहरु मित्र तथा परिवारसँग नजिक हुनका लागि उत्तम साधन त बनेका छन् तर ती साइटबाट तपाईको कम्युटर तथा मोबाईलमा भाइरसको प्रवेश हुने सम्भावना पनि उत्तिकै छ । यति मात्र होइन तपाईले पोष्ट गर्ने स्टाटसले गर्दा तपाई क्षणभरमै कंगाल बन्न सक्नु हुन्छ । अर्थात फेसबुककै कारण गम्भीर अपराधको सिकार बन्न सक्नुहुन्छ । फेसबुककै माध्यमबाट घरका सबै सदस्य बाहिर जाँदैछन् भन्ने थाहा पाएर हालै अमेरिकाको न्यू ह्याम्पशायर राज्यमा तीन डाँकाले लाखौं अमेरिकी डलर मूल्य बराबरको धनमाल लुटेका थिए ।त्यसैले फेसबुक, ट्वीटर जस्ता वेवसाइटमा प्रोफाइल अपडेट गर्दा सचेत बनौ । संवेदनशील सूचना सबैले देख्नेगरी पोष्ट गर्नु बुद्धिमानी नहुन सक्छ । यस्ता वेवसाइटमा आउने एप्लिकेशनले किन तपाईको अथवा तपाईका साथीहरुका बारेमा सूचना मागेको होला भनेर एक पटक अवश्य सोच्नु पर्दछ । विश्वास गर्ने आधार नभए सम्म कुनै पनि एप्लिकेशन वा अनुरोधलाई स्वीकार नगर्नुहोस् । (Vishwanews)
प्रतिक्रिया दिनुहोस् >>