अनुजामाथि छानविन सुरु - ९१ लाख फिर्ता प्रकरण (हालसम्मका घटनाक्रमहरु)

अनुजा बाँनिया
राष्ट्रपतीले बधाइ दिएपछि अनुजाले दिएको भिडियो अन्तर्वार्ता हेर्न क्लिक गर्नुहोस्
उनको कुराको खण्डन गर्दै उनका दाजु, उनको छिमेकी पसले र विनिडा त;ामाङले दिएको प्रतिक्रिया भिडियो लिंकको लागि  क्लिक गर्नुहोस्





इटहरी, वैशाख १२, बेलुका ६ बजे
अनुजामाथि छानविन सुरु (पुर्वन्युज)
बसमा भेटिएको रकम फिर्ता गरेको जनाउँदै आएकी २२ वर्षिया अनुजा बाँनियामाथि प्रहरीले सोमबारबाट खुलेर अनुसन्धान सुरु गरेको छ ।
समाचार ब्रेक गर्ने राष्ट्रिय दैनिकले नै ९१ लाख रुपैया भेटेको घटना काल्पनिक भएको सोमबार स्वीकार गरेलगत्तै प्रहरीले अनुजा बाँनियामााथि छानविन अघि बढाएको हो । अनुसन्धानको लागि डिएसपी दीपक रेग्मीको टोलीले सोमबार तीन घण्टा अनुजासँग बयान लिएका थिए । टोलीमा एक महिला अधिकृत सहित पाँच जना थिए ।
बयानका क्रममा अनुजाले गल्ती भएको स्वीकार गरेको र कारवाही भोग्न तयार रहेको बताएको स्रोतले बताएको छ । यद्यपी रेग्मीले भने अनुजाले अझसम्म पनि घटना सत्य नै भएको दावी गरीरहेको जनाए ।
‘घटनाको कारण खुल्नै सकेको छैन ।’ रेग्मीले भने, ‘ठगेको स्वीकार गरेमा कारवाही प्रक्रिया अघि बढाउँछौं ।’ यता सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले भने कानुन अनुसार कारवाहीका लागि छलफल गर्ने बताए ।
आफ्नै दाजुले विश्वास नगर्नु, उनी आफैले समाचार छपाउनको लागि नक्कली व्यक्ति भएर परिचय दिएको खुलासा हुनु, लामो समयसम्म पनि रकम फिर्ता पाउने पुरुषोत्तम नामक व्यक्ति सम्पर्कमा नआउनु, अनुजाले बताएका कतिपय घटनाका सबै साक्षीहरुले समेत सत्य अर्कै भएको बताउनु तथा दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुले अनुजाले भन्ने गरेको समयमा काठमाडौका पुरुषोत्तम भन्ने व्यक्तिलाइृ कुनै फोन नगरेको पाइनुले अनुजाको भनाई गलत भएको पुष्टि भइसकेको हो । त्यसका साथै समाचार पहिलो पटक प्रकाशित गर्ने राष्ट्रिय दैनिकले समेत समाचार तथ्यहिन भएको तथा बाँनियाले नक्कली पात्रहरु खडा गरी भ्रामक तथ्य जानकारी गराएको भन्दै माफी समेत मागिसकेपछि प्रहरीले खुलेरै अनुसन्धान सुरु गरेको हो । यस अघि समेत प्रहरीले गोप्य रुपमा अनुसन्धान गर्दै आएको थियो ।
प्रहरीहरुले भने फोन कलका आधारमा अनुसन्धान अघि बढाएको जनाइएको छ । कारवाहीका लागि आवश्यक प्रमाण जुटाउन लागि परेको अनुसन्धान स्रोतले जनाएको छ ।
‘अनुजालाई सहयोग गरेका हौं ।’ – भिनाजु
अनुजाले रकम फिर्ता गरेको खबर पत्रिकामा प्रकाशित भएपछि मात्र थाहा पाए;को बताएका अनुजाका भिनाजु चक्र विष्टले आफूहरुले अनुजालाई सहयोग गरेको स्वीकार गरेका छन् ।
खबर प्रकाशित भएपछि अनुजा आफूहरुकोमा बस्न आएको र सञ्चार माध्यमहरुले समेत उनको खोजी गरी अन्तर्वार्ता लिन थालेपछि सहयोग गरेको बताएका छन् । उनले आफैले अनुजाको फेसबुक आइडी समेत बनाइदिएको स्वीकार गरे ।
‘शुभचिन्तकहरुलाई सजिलो होस् भनेर फेसबुकमा आइडि बनाइदिएर फोटो र सम्पर्क नम्बर राखिदिएका हौं ।’ उनले भने, ‘सञ्चारमाध्यममा नकारात्मक कुराहरुर आउन थालेपछि अपडेट नै रोक्यौं ।’
उनका अनुसार अनुजालाई विदेशबाट समेत विभिन्न फोनकलहरु आएका थिए । सबैको चासो बढ्दै गएपछि सञ्चारमाध्यमहरुमा समेत प्रकाशन र प्रशारणको लागि पहल गरेको अनुजाका आफन्तहरुले स्वीकार गरे ।
तर अनुजा गलत वा सही भनने बारेमा अनुसन्धान गर्न आफूहरुको पूर्ण सहयोग रहने विष्टले बताए । ‘अनुजा गलत भएमा सजाय पाउनुपर्छ ।’ उनले भने ।

वैशाख १२, विहान ६ बजे
प्रत्यक्षदर्शीहरु अनुजाको विपक्षमा/फिर्ता दिएकै अडानमा अनुजा/प्रहरीको गोप्य अनुसन्धान (पुर्वन्युज)
‘पहिला बधाइ दिने मानिसहरु पनि अहिले गाली गर्न र धम्की दिन थालेका छन् ।’ बसमा भेटेको ९१ लाख फेला पारी सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको भनेर चर्चामा आएकी अनुजा बाँनियाले आइतबार पत्रकारहरुसँग भनिन्, ‘मलाइ बेकारमा हाइलाइट गरीयो, अब यो कुरा नउठाइदिनुस् ।’
भोजपुरकी २२ वर्षिया बाँनियाले मोबाइल फोन स्वीच अफ गरेकी छिन् । बधाइ आउने फोनमा गाली र धम्की आउन थालेपछि स्वीचअफ गरेको उनले बताइन् । 
कुमार बाँनिया
अनुजाको भनाईमा शंका उपशंकाहरु उत्पन्न हुन थालेपछि अहिले उनका दिदी भिनाजुले समेत हैरान भएको जनाएका छन् । राष्ट्रपतीबाट बधाइ पाएको खबरबाट उत्साहित भएका उनीहरुले अहिले भने सञ्चारमाध्यमलाई समाचार संकलनको लागि नआइदिन समेत अनुरोध गर्न थालेका छन् । घटनाको छानविन गरी चाँडो सत्य तथ्य पत्ता लगाइदिन समेत उनीहरुले अनुरोध गरेका छन् । ‘सामान्य परिवारलाई एकै पटक निकैमाथि पु¥याएर फाले जस्तो भयो ।’ अनुजाका भिनाजु चक्र विष्टले भने, ‘जवाफ दिँदा दिँदा थ;ाकिसकेँ ।’
आफ्नै दाजुले विश्वास नगर्नु, उनी आफैले समाचार छपाउनको लागि नक्कली व्यक्ति भएर परिचय दिएको खुलासा हुनु र लामो समयसम्म पनि रकम फिर्ता पाउने पुरुषोत्तम नामक व्यक्ति सम्पर्कमा नआउनु र अनुजाले बताएका कतिपय घटनाका साक्षीहरुले समेत सत्य अर्कै भएको बताउनुले अनुजाको भनाई गलत भएको पुष्टि भइसकेको हो । त्यसका साथै समाचार पहिलो पटक प्रकाशित गर्ने राष्ट्रिय दैनिकले समेत समाचार तथ्यहिन भएको तथा बाँनियाले नक्कली पात्रहरु खडा गरी भ्रामक तथ्य जानकारी गराएको भन्दै माफी समेत मागिसकेको छ ।
सुनसरीको धरानमा बस्ने उनका दाजु कुमार बाँनियाले अनुजाले रकम भेट्टाएर फिर्ता दिएको कुरा थाहा पाउँदा अचम्म 50;ा परेको बताए । अनुजा धेरै झुटो बोल्ने स्वभावकी रहेको बताउँदै पढ्न लेख्नै नजान्ने अनुजाले ९१ लाख गनेको कुरा नै पत्याउन नसकिने कुमारले बताए ।
सुरेश कार्की
भोजपुरमा पढ्दा पढ्दै बिचैमा छाडेर व्यवशाय गर्ने सिलसिलामा धरानस्थित दाजुको घरमा अनुजा आइपुगेकी थिइन् । धरानमा व्यवशाय गर्न भन्दै सटर खोजिदिन दाजु कुमारसँग अनुरोध गरेको बताइएको छ । सटरको लागि कसैले आफूलाई पैसा पठाइदिने अनुजाले बताएको कुमारले जानकारी दिए । ‘सटरको लागि विभिन्न व्यक्तिसँग सहयोग माग्ने मानिसले सित्तैमा भेटेको दुई लाख रुपैया नलिने भन्ने हुन्छ ?’ कुमारले प्रतिप्रश्न गरे । रकम फिर्ता पाएपछि पुरुषोत्तम भन्ने व्यक्तिले पुरस्कारस्वरुप दुईलाख नगद दिन चाहेको अनुजाले बताएकी थिइन् ।
डोनोट व्यापारी रहेका कुमारले आफूले गर्ने काममा अनुजालाई संलग्न गराउँदा सानो रकम पनि गन्न नसकेकोे बताउँदै ९१ लाख गनेको कुरा विश्वास गर्नै नसकिने समेत बताए । उनले घरमा एसएलसी पास गरेको आफ्नो छोरालाई समेत केही थाहै नदिइ सञ्चारमाध्यममा आएपछि मात्र थाहा पाएको जनाउँदै घटना कपोल्कल्पित नै भएको दावी गरे ।
काठमाडौका एक व्यक्तिसँग प्रेम सम्बन्ध रहेको र राती घण्टौसम्म फोनमा झुण्डिने अनुजाले आफ्नो प्रेमीलाई रिझाउनको लागि चर्चामा आउन नाटक गरेको हुनसक्ने आशंका गरे । उनका प्रेमी उनलाई माग्न भन्दै भोजपुर नै पुगेको तर पछि विवाह नगर्ने भनेपछि प्रेमीलाई देखाउने गरी चर्चामा आउन नाटक गरेको हुनसक्ने आरोप लगाए । 
भेटाएको रकम फिर्ता दिइसकेपछि पुरुषोत्तमको मित छोरी अनिता कार्कीले पत्रकारलाई आफ्नो बारेमा समाचार लेख्न दिएको अनुजाले बताएपनि अनुजाका छिमेकी पसलका व्यवशायीले भने अनुजा आफै पत्रकार खोज्दै गएको बताए । व्यवशायी सुरेश कार्कीले अनुजाले राम्रो कामको लागि भन्दै पत्रकारको ठेगाना बताइदिन आफूसँग बारम्बार अनुरोध गरेको बताए । ‘सुरुमा त केही भनिनन् ।’ उनले भने, ‘पैसा फिर्ता गरेको भन्ने छापिएको पढेपछि पो थाहा पाएँ ।’
पत्रकार खोज्दै अनुजा आफूसम्म आइपुगेको धरानको स्थानिय एक साप्ताहिककी पत्रकार विनिडा तामाङले बताइन् । जबकी अनुजाले पुरुषोत्तमकी मित छोरी कार्कीले नै पत्रकारलाई आफ्नो फोटो र समाचार लगेर दिएको बताउँदै आएकी छिन् । ‘अनिता कार्की भन्दै आएकी रहीछन् ।’ तामाङले भनिन्, ‘अनुजा बाँनियाको नाममा गुणगान गाएर समाचारको लागि घटनाक्रम बताइन् ।’ हाँस्दै तामाङले फेरी भनिन्, ‘तर आफूलाई अनिता भन्दै आउने केटी आफै पो अनुजा रहीछ ।’
विनिडा तामाङ
सो क्रममा अनुजाले फोनको मेमोरी चिपबाट गुलाबी रंगको कुर्ता लगाउने केटी नै 09;नुजा भएको बताउँदै जानी जानी आफ्नै छिमेकी साथीको तस्वीर दिएको तामाङले बताइन् । एक राष्ट्रिय दैनिकले पहिलो पटक अनुजाको भनी प्रकाशन गरेको तस्वीरमा अनुजाको साथीको रहेको खुलासा भएको हो ।
तर फोटो गलत पर्नुलाई प्राविधिक कारण भन्दै अनुजाले आफ्नो प 52;िवार तथा छिमेकीहरुलाई सुनाएको बताइएको छ । अनुजा आफैले देखाएर फोटो झिकेको हुँदा जानी जानी नै आफ्नो नाम र आफ्नो साथीको फोटो दिएको तामाङले बताइन् ।
त्यती ठूलो रकम सम्बन्धित व्यक्तिलाई दिदाँ समेत आफूहरुलाई नभन्नु र पत्रिकामा आएपछि मात्र आफूहरुलाई थाहा भएकोमा अनुजाका दाजु, भाउजु, दिदी, भिनाजु समेत अचम्मित छन् । यता अनुजाले काठमाण्डौं रहेका घिमिरेसंग आफ्नो प्रेम भएको अनुजाले स्वीकार त गरेकी छन् तर आफ्नो प्रेम सम्बन्धलाई अनावश्यक रुपमा दाजुले जोडेकोमा समेत आपत्ती जनाइन् । पैसा नपाएको झोँकमा दाजुले आफूमाथि निराधार आरोप लगाएको समेत बताइन् । ‘रकम फिर्ता किन गरेकी भन्दै घरमा गाली गरे ।’ उनले भनिन् ।
अनुजाले रकम फिर्ता गरेको प्रमाणस्वरुप पाउने व्यक्तिको फोन नम्बर समेत साथमा नहुनु तथा उनले बोलेका र गरेको भनिएका कामहरुका विरुद्धमा स्थानिय व्यापारी तथा पत्रकारहरु र स्वयं उनका दाजुले समेत खण्डन गर्नुले अनुजाको व्यवहार शंकास्पद बनेको थियो ।
यता अनुजा भने आफ्नो पुर्ववत् अडानमा छिन् । आफूले पैसा फिर्ता गरेर ठूलो काम नगरेको बताउँदा बताउँदै पनि मिडियाले कभर गरेको भन्दै सञ्चारमाध्यमको गल्ती रहेको समेत दावी गरिन् । प्रमाण नहुँदा आफूले बोल्ने मौका नपाएको समेत जिकिर गरिन् ।
तस्करीको आशंकामा प्रहरी छानविन
अनुजाले भेटाएको भनीएको रकमको चर्चाले प्रहरी प्रशासनको माथिल्लो निकायको समेत राम्रै ध्यान तानेको छ । घटना भएको हो वा होइन भन्ने स्पष्ट नभइरहेकै समयमा प्रहरीले भने गोप्य रुपमा अनुसन्धान गरिरहेको प्रमाणित भएको छ । यद्यपी यस सम्बन्धमा सुरक्षा निकायका अधिकारीहरु केही बोल्न चाहँदैनन् । अनुजाको भनाई सही भएको भए उनले भेटाएको भनिएको नगद र हिराको हार अवैद्य र तस्करीको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ । 
शनिवार बिहान रातो रंगको मारुती भ्यानमा आएका सिभिल पोशासकका प्रहरी अधिकारीहरुले अनुजलाई केही बेर नियन्त्रणमा लिई पुन घर ल्याई छाडिदिएको छ । छिमेकीका अनुसार ४ जनाको संख्यामा सुरक्षाकर्मी जस्ता देखिने उनिहरुलाई अनुजालाई लगेर लगएका थिए । सो समूहले अनुजलाई घर पुर्याउनसाथ इलाका प्रहरी कार्यालय इटहरीबाट सादा पोशाकमा ३ जना प्रहरी उनलाई भेटेर फर्किएका थिए ।
यता राष्ट्रपतीसम्मले बधाइ दिएको भनिएको घटना घटेको हो वा अनुजाले भ्रममा पार्न खोजेको हो भन्ने बारेमा उजुरी आएमा छानविन गर्न सकिने प्रहरीले जनाएको छ । धरानका डिएसपी दीपक रेग्मीले कतैबाट पनि उजुरी नआएकाले छानविन गर्न नसकिएको जनाउँदै उजुरी आएमा तुरुन्त अनुसन्धान थाल्ने समेत जनाए ।

===============================================
वैशाख ९  
शंकाको घेरामा अनु 32;ा (ब्लाष्ट)
झोला धनी सम्पर्कमा नआएपछि भेटेको ९१ लाख रुपैया सम्बन्धित व्यक्तिलाई नै फर्काएर चर्चामा आएकी भोजपुरकी अनुजा बानियाँ अहिले सर्वत्र शंकाको घेरामा परेकी छिन् ।
पैसाधनी भनीएका काठमाडौ सीतापाइलाका पुरुषोत्तम पोख्रेल पुनः सम्पर्कमा नआउनु, आइमएमइबाट पुरुषोत्तमले २६ गते ९१ लाख रकम निकालेको भनिएपनि उनले भनेको अवधिमा आइएमइबाट सोमात्रामा रकम निकासा नभएको पुष्टि हुनुले अनुजाको भनाइ नै कपोल्कल्पित त होइन भन्ने शंका उब्जाएको छ ।
त्यसका साथै अनुजाले बताएका घटê4;ाक्रमका विषयमा प्रश्न उब्जिन थालेपछि उनको इमान्दारिता समेत प्रश्न चिन्ह उब्जिएको छ ।
 दर्शन श्रेष्ठ
आइएमइ : ९० लाख कसैलाई दिएको छैन
अनुजाको बयान अनुसार पुरुषोत्तमले आफ्नी छोरीलाई घर बनाउने पैसा दिनको लागि आइएमइबाट २६ गते रकम निकालेर लगेका थिए । अनुजाका अनुसार अमेरिकाबाट आफन्तले पठाइदिएको रकम उनले इटहरीस्थित आइएमइबाट झिकेको भनी अनुजासँगको भेटमा बताएका थिए । तर सो दिन मात्र नभइ विगत एक महिनायता पुर्वका कुनैपनि शाखाबाट एकैदिन त्यती ठूलो रकम निकासा भएको नपाइएको आइएमइका इटहरी शाखाका प्रबन्धक दर्शन श्रेष्ठले जानकारी दिए । उनले पुरुषोत्तम नामक व्यक्तिको खाता नै नभएको समेत जनाए ।
९० लाख रकम निकासा गर्दा दुई दिनसम्म समय लाग्ने गरेको बताउँदै उनले एकै पटक त्यती धेरै रकम निकासा हुन गाह्रो हुँने समेत जनाए । पुरुषोत्तम नामक व्यक्तिको कुनैपनि खाता नरहेको समेत उनले जनाइन् ।
अनुजा : पुरुषोत्तमको फोन नम्बर समेत छैन
अनुजाले ९१ लाख रकम सम्बन्धितलाई फिर्ता गरेको भन्ने सामान्य आधार समेत दिन सकेकी छैनन् । पुरुषोत्तमको उनीसँग न त घरको ठेगाना छ, न त फोन नम्बर नै । झोलामा फेला पारेर तीन दिनसम्म डायल गरेको फोन नम्बर नै डिलिट भयो र सेभ छैन भनी अनुजाले बताएकी छिन् ।
अनुजाको पैसाको झोलामा भेटिएको ठेगाना र फोन नम्बरमा फोन सम्पर्क गर्दा सुरुमा त पुरुषोत्तम सम्पर्कमा आउन चाहेनन् । अनुजाले पुरुषोत्तमलाई आफूले रकम भेटेको भन्दा पनि पुरुषोत्तमले सुरुमा वास्ता नगरेको अनुजाले बताएकी छिन् । हराएको झण्डै एक करोड फिर्ता पाउने भएपछि पनि पुरुषोत्तम किन उत्साहित भए 44;न् ? शंका उब्जाएको छ ।
अनुजाले फोन गर्दा पुरुषोत्तम काठमाडौ फर्किसकेका थिए रे । तर पत्याउन सकिने आधार छैन । आफ्नो ९१ लाख र हिराको हार हराएको व्यक्ति किन चुपचाप काठमाडौ फर्कियो ? फेरी अनुजाका अनुसार सो व्यक्तिले तीनवटा झोला ल्याएको थियो । दुई वटा झोला बोकेपनि तेस्रो झोला त्यही छोड्यो । पैसाले भरिभराउ झोला पुरुषोत्तमले जानी जानी छोड्यो वा अन्जानमा ? जानीजानी वा भुलेर पनि पैसा भएको झोला बसमा छाड्न सम्भव देखिँदैन । त्यसैले अनुजाको बयान नै शंकाको घेरामा छ । यता काठमाडौको सीतापाइलामा खोजी गर्दा समेत पुरुषोत्तम भन्ने व्यक्ति नभेटिएको थाहा भएको छ । काठमाडौमा पत्रकारहरुले खोजी गर्दा समेत नभेटिएको बताएका छन् ।
दिदिभिनाजु : पत्रिकामा देखेपछि मात्र थाहा पाएँ
अन्तर्मुखी स्वभावकी अनुजाले रकम भेटेको र सुनसरीको धरानबाट फिर्ता गरेको कुरा इटहरीमा बस्ने उनका दिदिभिनाजुले समेत पत्रिकामा हेरेर थाहा पाए । उनीहरुपनि चकित बने ।
हाल अनुजा इटहरीस्थित दिदि भिनाजुसँग बसेकी छिन् । अनुजाको कदम प्रशंसनिय रहेको उनका भिनाजु चक्र विष्टले बताएपनि अनुजाले पुरुषोत्तमको फोन नम्बर समेत नराख्नुले अफ्ठ्यारो स्थिती सृजना गरेको स्वीकार गरे ।
डिएसपी : किन वास्ता गर्ने ?
अनुशासनको नमुना भन्दै राष्ट्रपती डाक्टर रामवरण यादवले समेत बधाइ दिएको व्यक्तिले बताएको घटनाक्रमका विषयमा प्रहरीले भने वास्ता नै नगरेको जनाएको छ ।
डिएसपी दीपक रेग्मीले भने विभागले छानविन गर्नु भनेमा मात्र छानविन गर्ने जनाç3;ँदै अहिले भने छानविन नगरेको प्रतिक्रिया दिए । उनले भने, ‘कसैको पैसा कसैले भेट्यो, यसलाई त्यती ध्यान दिनुपर्छ जस्तो लाग्दैन ।’
सार्वजनिक बसमा लाखौ रकम वेवारिसे अवस्थामा फेला पर्नु र पैसा फिर्तापछि मात्र घटना प्रकाशमा आउनु तथा रकम फिर्ता पाउने व्यक्ति समेत सम्पर्कमा नरहनुले शंका उब्जाएको छ । अनुजा तथा रकम फिर्ता पाउने पुरुषोत्तमको बारेमा प्रहरीले अनुसन्धान गर्नुपर्ने सर्वसाधारणको भनाई छ । तर प्रशासनले भने चासो दिएको छैन । यता सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले भने विहीबार डिएसपी रेग्मीसँग अनुजाको बारेमा बुझ्न भनेका थिए । आफूले बुझेर फोन नम्बर पत्ता लगाएर जिम्मा दिएको बताउँदै विभागले केही नभनेका कारण चुपचाप बसेको जनाए ।
अचुक माध्यम : फोनकल
अनुजाले सेभ नगरेको भएपनि अनुजाको फोन नम्बरबाट पुरुषोत्तमको घरमा गएको भनिएको फोन कलको खोजी गरी फोन नम्बर पत्ता लगाउन सकिने देखिन्छ ।
फोन नम्बरका आधारमा पुरुषोत्तमलाई फेला पार्न र उनको शंकास्पद क्रियाकलापलाई पछ्याउन सक्ने भएपनि प्रहरी भने हात बाँधेर बसेको देखिन्छ ।
घर सरिन् अनुजा
धरानमा भएको घटनाको विषयमा अनुजाले कसैलाई सुइको दिइनन् । नयाँ ठाउँमा आएकी   अनुजाले नयाँ ठाउँमा भेटाएको रकमबारे दिदी भिनाजु वा प्रहरीलाई जानकारी दिन सक्ने भएपनि कसैलाई बताइनन् । बरु धरानस्थित दाजु भाउजुको घरमा बसेकी उनी पैसा फिर्ता गरेलगत्तै इटहरी सरिन् । सुरक्षाको कारण धरानमा नबसेको उनले बताएकी छिन् । रकम साथमा हँुदा धरानमा बसेकी अनुजा रकम फिर्ता दिइसकेपछि किन इटहरी आइन् ?


अनुजाबारे अन्योल (कान्तिपुर)
वैशाख १० - सार्वजनिक बसमा छुटेको रकम फिर्ता दिएको विषयमा अनुजा बानियाँको सर्वत्र प्रशंसा भयो । तर शुक्रबार दिनभर प्रश्न व्याप्त भयो- 'पैसा पाउने व्यक्ति खोइ त ?'
 भोजपुर भुल्के घर भई धरान बस्ने २१ वषर्ीया अनुजाका अनुसार उनले काठमाडौं सीतापाइलाका पुरुषोत्तम पोखरेललाई ९१ लाख रुपैयाँ र हीराको हार भएको झोला बुझाएकी थिइन् ।
 ती व्यक्ति कहाँ छन् त ? 'सम्पर्क गरेको नम्बरसमेत डिलिट भएछ,' अनुजा भन्छिन् । प्रहरी, प्रशासन र सञ्चारकर्मीबाट यसमा चासो भएपछि उनले आफूले काठमाडौंमा सम्पर्क गरेका र आफूलाई फोन आएका नम्बर पत्ता लगाइदिन प्रहरीलाई आग्रह गरेकी छन् । ती नम्बरका आधारमा पैसा बुझ्ने व्यक्ति पत्ता लगाई छानबिन गर्नसमेत उनले अनुरोध गरेकी छन् ।
 उनले पैसा बुझाएको भन्ने समाचारका तयारीका सिलसिलामा पुरुषोत्तमका परिवारका सदस्य भन्दै कान्तिपुरलाई सम्पर्क गरेका -छोरी) सुधा, -छोरा) अनिल र
 -मीतछोरी) अनिता कार्की भने पुनः सम्पर्कमा छैनन् । उनले पुरुषोत्तमलाई सार्वजनिक हुन आग्रह गरेकी छन् । 'धेरैले धेरैथरी सोचेकाले फिर्ता पाउने व्यक्ति -पुरुषोत्तम) लाई सार्वजनिक हुन आग्रह गर्छु,' उनले शुक्रबार कान्तिपुरसँग भनिन्, 'राम्रो काम गर्दा उल्टै मेरो बदनाम हुन थाल्यो ।'
धरानमा सँगै बस्ने अनुजाका दाजु -ठूलो बुबाका छोरा) कुमार बानियाँले भने बहिनीले पैसा भेट्टाएको र फिर्ता दिएको कुरामा त्यति पत्यार नलागेको प्रतिक्रिया दिएका छन् । अनुजाले पैसा भेट्टाएको भनेको समयमा हलेसी घुम्न गएका कुमारले भने, 'म बाहिर घुम्न गए पनि घरमा छोरो थियो । त्यति ठूलो रकमसहितको झोला भेट्टएिको भए उसले पनि थाहा पाउनुपर्ने हो ।' उनले अनुजा डेढ महिनादेखि आफूसँगै बस्दै आएकी बताए ।
चैत २६ गते इटहरीबाट धरानको सार्वजनिक बसमा आफूले उक्त सम्पत्तिसहितको झोला फेला पारेको र २८ गते पोखरेललाई फोन गरेर सम्पत्ति फिर्ता दिएको दाबी अनुजाले गर्दै आएकी छन् । यससम्बन्धी समाचार सार्वजनिक भएपछि उनलाई राष्ट्रपतिले समेत टेलिफोन गरी बधाई दिएका थिए । घटनापछि उनी इटहरीस्थित दिदी-भिनाजुकहाँ बस्दै आएकी छन् ।
भिनाजु चक्र बिष्टले पैसा बुझाएको समाचार आइसकेपछि मात्र आफूले अनुजाको यो घटनाबारे थाहा पाएको बताए । 'फोन डायलका आधारमा यसको सत्यतथ्य बुझ्न प्रहरीलाई अनुरोध गर्छौं,' उनले भने ।
पैसा फेला पारी बुझाएको समाचार पुरुषोत्तमका मीतछोरी भन्दै धरानकै अनिता कार्की नामक युवतीले दिएकी थिइन् । पुरुषोत्तमकै छोरा बताउने अनिल पोखरेलले समेत इटहरीबाट टेलिफोन गरी यसबारे थप पुस्ट्याइँ गरेका 41;िए । 'तर उनीहरू कोही सम्पर्कमा छैनन्,' बिष्टले भने ।

राष्ट्रपतिले भने,'स्याबास् अनुजा' (कान्तिपुर)
बालकृष्ण बस्नेत 
वैशाख ८ - 'अनुजा नानी, म रामवरण यादव । नेपालको राष्ट्रपति । चिन्यौ मलाई ?'साँझ ६ बजे न 60;ोचेको फोन आएपछि इटहरीमा रहेकी २२ वषर्ीया अनुजा बानियाँ फुरुङ्ग भइन् । राष्ट्रपतिले स्याबासी दिन फोन गरेको थाहा पाएपछि उनले तत्काल नमस्ते गरिन् । अरू बोल्न सकिनन् ।
बसमा फेला परेको ९१ लाख रुपैयाँ र एक हीराको हार अनुजाले सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको समाचारले गद्गद भई राष्ट्रपतिले फोन गरेका थिए । 'आज मैले कान्तिपुरमा तिम्रो बारे समाचार पढें । अहिले देशमा नैतिक खडेरी परेका बेला तिमीले जुन इमान्दारिता देखायौ, म धेरै खुसी छु,' सर्वसाधरणसँग टेलिफोनमा पहिलोपल्ट संवाद गरेका राष्ट्रपतिले अनुजाको कामको प्रशंसा गर्दै भने, 'सम्पूर्ण नेपाली जनताको तर्फबाट म तिमीलाई मुरीमुरी धन्यवाद र बधाई दिन चाहन्छु ।'
भोजपुर भुल्के घर भई धरान बस्दै आएकी अनुजाले चैत २६ गते धरानमा उक्त सम्पत्तिसहितको झोला फेला पारेकी थिइन् । झोलामा रहेको कागजपत्रमा उल्लेख सम्पर्क नम्बरबाट उनले उक्त सम्पत्तिको धनी काठमाडौं सीतापाइलाका पुरुषोत्तम पौडेललाई खबर गरी बुझाएकी थिइन् । यससम्बन्धी समाचार बुधबार सार्वजनिक भएपछि चारैतिरबाट अनुजालाई फोनको ओइरो लागिरहेको बेला राष्ट्रपतिले स्याबासी दिएका थिए ।
'यसअघि सर्वसाधरणसँग यस्तो संवाद भएको थिएन,' राष्ट्रपतिका स्वकीय सचिव ललितबहादुर बस्नेतले कान्तिपुरलाई जानकारी दिए । राष्ट्रप्रमुखबाट स्याबासी पाएपछि अनुजाले त्यसको प्रतिक्रिया भने सामान्य तरिकाले दिएकी थिइन् । 'मैले त्यत्रो ठूलो काम गरेकी होइन । जसको सामान हो, उसैलाई बुझाएको मात्र हो,' राष्ट्रपतिसँग भएको कुराकानी उद्धृत गर्दै अनुजाले कान्तिपुरसँग भनिन् । एसएलसी परीक्षामा सहभागी भएर पनि स्वास्थ्यका कारण पूरा गर्न नसकेकी उनले यसअघि पनि यस्ता काम गरेको बताइन् । 'यो रकम ठूलो भएर चर्चामा आएको मात्र हो । मैले पहिले पनि यस्ता काम गरेकी छु,' उनले भनेकी थिइन् ।
राष्ट्रपति यादवले उनलाई काठमाडौं आई भेट्न निमन्त्रणा समेत गरे । 'यही इमान्दारिताले तिम्रो उन्नति र प्रगति होस्,' छोटो कुराकानीका क्रममा राष्ट्रपतिले अनुजाका भोजपुरमा रहेका माता, पिताका बारेमा समेत जानकारी लिएका थिए । 'तिमीजस्तो इमान्दार र नैतिकवान छोरी जन्माउने आमाबाबुप्रति पनि मेरो विशेष धन्यवाद छ । सुनाइदेऊ ल,' स्वकीय सचिव बस्नेतले राष्ट्रपतिको संवाद सुनाए ।
अनुजाले भोजपुरको भुल्केस्थित पञ्चकन्या उच्च माविमा अध्ययन गरेकी हुन् । उनका पिता सोही माविमा शिक्षक छन् । पौडेलले हराएको पैसा पाएपछि पुरस्कारस्वरूप अनुजालाई २ लाख रुपैयाँ र हीराको हार लिन आग्रह गरेका थिए । त्यसलाई अनुजाले सहज रूपमा अस्वीकार गरेकी थिइन् । छोरीको घर किन्न पौडेलले उक्त रकम लिएर धरान गएको बेला झोला बसमा छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :