गर्भपतन गराउनेको संख्या बढ्दै
Posted by
purwanews
Published on
Friday, April 15, 2011
माघ–फागुनमा गर्भपतन बढी ।
सुनसरी/सुनसरीमा गर्भपतन गराउनेहरुको संख्या वर्षेनी वृद्धि भइरहेको विभिन्न संस्थाहरुको तथ्यांकले देखाएको छ ।
गर्भपतन गराउनको लागि मान्यताप्राप्त केन्द्रहरुमा गर्भपतन गराउनेहरुको संख्या वर्षेनी वृद्धि भइरहेको देखिएको हो ।
सुरक्षित गर्भपतनको लागि मान्यता पाएको इटहरीस्थित मेरी स्टोप्स् सेन्टरले वर्षेनी डेढ सय जना गर्भपतन गराउनेहरुको संख्या थप हुने गरेको तथ्यांक दिएको छ । सेन्टरले सन् ०८ मा एक हजार २५८ वटा गर्भपतन गराएकोमा ०९ मा १३९६ वटा र १० मा १५४४ वटा गर्भपतन गराएको जानकारी दिएको छ ।
यता गर्भपतन गराउने अर्को संस्था परिवार नियोजन स्वास्थ्य केन्द्रले पनि गर्भपतन गराउनेको संख्या वर्षेनी बढ्दै गएको जनाएको छ । यद्यपी उसले दिएको तथ्यांकमा भने वार्षिक रपमा तीस जनाको संख्यामा गर्भपतन गराउनेको संख्या घटेको देखिएको छ ।
‘गर्भपतन गराउने केन्द्र बढेका कारण संख्या घटेको जस्तो देखिएको हो ।’ केन्द्रका सुनसरी शाखा प्रबन्धक केदार कोइरालाले भने, ‘गैह्रकानुनी रुपमा गर्भपतन गराउने क्लिनिकहरुमा पुग्नेहरुका कारण संख्या घटेको देखिएको हो, जुन वास्तविक रुपमा गलत हो ।’
गर्भपतन गराउन ग्रामिण क्षेत्रबाट बढी आउने गरेको कोइरालाले जनाए । परिवार नियोजनका साधनहरुको बारेमा जानकारी कम हुनुले गर्भपतन गराउनेको संख्या बढेको उनले जनाए । त्यसका साथै सानै उमेरमा विहे गर्ने प्रवृत्ती बढेका कारण पनि गर्भपतन गर्नेको संख्या बढेको जनाइएको छ । ‘पढ्दै गरेका छात्राहरु सानै उमेरमा प्रेम विवाह गर्ने प्रवृत्ती बढेको छ ।’ केन्द्रकी काउन्सिलर दुर्गा शर्माले भनिन्, ‘पारिवारिक तथा शैक्षिक कारणले उनीहरुले गर्भ फाल्न चाहने गरेका छन् ।’
१२ हप्ता भित्र आफ्नो खुसीले गर्भपतन गराउन पाइने व्यवस्था छ भने १८ हप्ता भित्र हाडनाता करणी तथा बलात्कार लगायतका घटनाका पिडितहरुको गर्भपतन गराउने कानुनी व्यवस्था रहेको उनले जनाए । सो अवधि भन्दा बढीको गर्भपतन भने नगराउने उनले जानकारी दिए । स्वास्थ्यमा दीर्घकालिन असर पर्ने हुँदा १८ हप्ता भन्दा बढी समयको गर्भ पतन गराउन नसकिने उनले जनाए । १२ हप्ता भन्दा बढीको गर्भपतन गराउने सुविधा सुनसरीमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र रहेको उनले जनाए ।
सुनसरीमा गर्भपतनका लागि विभिन्न पाँच वटा केन्द्रहरु तोकिएका छन् । इटहरीस्थित मेरी स्टोप्स् सेन्टर, नेपाल परिवार नियोजन संघ इटहरी र धरान, दन्तकाली पोलिक्लिनिक धरानले सबै किसिमका गर्भपतन गराउन सक्ने व्यवस्था छ भने प्राथमिक स्वास्थ्य केन्द्र इटहरी, चतरा प्राथमिक स्वास्थ्य केन्द्र र इनरुवा अस्पतालले भने औषधी खुवाउने पद्धतीबाट मात्र गर्भपतन गराउन सक्छ ।
माघ–फागुनमा गर्भपतन बढी
गर्भपतन गराउने संस्थाहरुको तथ्यांकले फागुन– चैत (मार्च महिना) मा गर्भपतन बढी हुने गरेको तथ्यांक देखाएकोछ । इटहरीमा गर्भपतनको लागि मान्यता पाएका दुवै संस्थाहरुले सो अवधिमा वर्षभरीमै बढी संख्यामा गर्भपतन हुने गरेको जनाएको हो ।
परिवार नियोजन स्वास्थ्य केन्द्रले दिएको तथ्यांक अनुसार यस वर्ष मार्च महिनामा १७५ जनाले गर्भपतन गराएका छन् । जबकी यो संख्या फेब्रुअरीमा १६४ थियो भने जनवरीमा १६० थियो । यसैगरी मेरी स्टोप्स्ले दिएको तथ्यांकमा समेत मार्च महिनामा बढी गर्भपतन गराएको पाइएको छ । स्टोप्स्ले यो वर्ष मार्चमा १५० जनाको गर्भपतन गराएको छ । जबकी जनवरी र फेब्रुअरीमा यो संख्या क्रमशः १४८ र १४२ थियो ।
स्टोप्सले दिएको तथ्यांक अनुसार सन् २०१० मा समेत मार्च महिनामा १७५ जनाले गर्भपतन गराएका थिए । यो संख्यो सो वर्षमा अन्य महिनाको तुलनामा सबैभन्दा बढी रहेको जनाइएको छ । त्यस्तै सन् ०९ मा पनि मार्च महिनामै १५३ जनाले गर्भपतन गराएका थिए ।
तथ्यांकका अनुसार बढी गर्भपतन गराइने महिनामा जनवरी र अप्रिल क्रमशः दोस्रो र तेस्रो स्थानमा पर्छ । यसैगरी गर्भपतन कम गराइने महिनामा भदौ र असोज पर्ने तथ्यांकले देखाएको छ । स्टोप्स्ले दिएको तथ्यांकका अनुसार यी दुई महिनामा मासिक करिब ७० जनाले गर्भपतन गराउने गरेका छन् ।
माघ फागुनको महिनामा बढीले गर्भपतन गराउनुमा चाडवर्पको प्रभाव हुनसक्ने मेरी स्टोप्स् इटहरी केन्द्रका इन्चार्ज सुदिप श्रेष्ठले बताए । ‘असोज कात्र्तिक महिनामा चाडपर्व पर्ने र आफन्तहरु घर फर्किने क्रम हुन्छ ।’ श्रेष्ठले भने, ‘सोही मौकामा बढी यौन सम्बन्ध हुने हुँदा त्यसको असर माघ फागुनमा देखिएको हुनसक्छ ।
श्रेष्ठका अनुसार गर्भधारण भएको दुई महिना पछि मात्र महिलाहरु स्वास्थ्य केन्द्र पुग्छन् र अनिच्छुक गर्भ फाल्छन् ।
श्रेष्ठका अनुसार कारणको बारेमा गहिरिएर खोजी भएको छैन । ‘सर्सर्ती हेर्दा कारण यही देखिन्छ ।’ उनले भने, वास्तविकता पत्ता लगाउन त अनुसन्धान नै गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस् >>