... श्रीमानको मन कान्छि तिर
Posted by
purwanews
Published on
Thursday, March 3, 2011
बहुविवाह गरेको आरोपमा प्रहरीले हिरासतमा राखेका श्रीमानलाई छुटाएर ल्याउने श्रीमतीलाई अन्ततः श्रीमानले नै मारेर झुण्ड्याएका छन् ।
शशस्त्र प्रहरीमा रही पथरीस्थित भुटानी शरणार्थी शिविरमा ड्युटिमा खटिएका उमेश पौडेलले उनी शिविरमै रहेकी सन्तु सुब्बासँग प्रेम विवाह गरेपछि उनलाई प्रहरीले कारवाहीका लागि हिरासतमा राखेको थियो । विभागिय कारवाहीका लागि हिरासतमा चार दिन राखीएका उमेशलाई उनकी श्रीमती डिकाले छुटाएर नौ दिन अघि मात्र घर ल्याएकी थिइन् ।
बहुविवाह गरेका उमेशलाई प्रहरीले केरकार गर्न चार दिन प्रहरीले हिरासतमा राखेको थियो । तर श्रीमतीले नै आफु जमानी बसेर छुटाएर ल्याएकी थिइन् । डिकाले श्रीमानलाई छुटाइनन् मात्र । बरु सन्तुलाई समेत सौताकै रुपमा भएपनि घरमा भित्र्याइन् । तर सौता भित्र्याएको नौ दिनपछि श्रीमानको हातबाट डिकाले मृत्यु पाइन् ।
शिविरमा कार्यरत् रहँदा सन्तुसँगको प्रेम चक्करका कारण उमेशले ड्युटीमा लापरवाही देखाएका थिए । सन्तुलाई लिएर हिड्ने र निकै दिनसम्म पनि बेपत्ता रहने क्रम बढ्दै गएपछि उनी आन्तरिक कारवाहीमा समेत परेका थिए ।
अनुशासनमा नरहेपछि धरापमा परेको उनको जागिर डिकाकै कारणले जोगिएको थियो । उमेशले डिकासँग पाँचवर्ष अघि मागी विवाह गरेका थिए । सप्तरी माइती घर भएकी डिकाका तीन जना दाजु भाइ नै सुरक्षा निकायमा छन् । उनीहरुकै आग्रहमा प्रहरीमा उमेशको गल्ती पटकपटक माफी हुँदै आएको बताइएको छ । डिका र उमेशकी ३ वर्षिया छोरी आयुषा समेत थिइन् ।
मंगलबार राती डिका र उमेश बिच सञ्चयकोषको बारेमा भनाभन भएको थियो । उमेशले डिकालाई चिया पकाउन भनेपछि डिकाले चिया रंग नभएको बताएकी थिइन् । सोही विषयमा उमेश र सन्तुले डिकालाई ‘देख्लिस्’ भन्दै गाली गरेको उनका छिमेकीहरुले बताए ।
राति १० बजे जेठी श्रीमती र नाबालक छोरीको हत्या गरिसकेपछि पौडेल दम्पत्तिले
हत्या गरिएकी टीका र अबोध छोरीको शवलाई पोष्टमार्टमका लागि धरानस्थित
बीपी प्रतिष्ठान लगिएको छ ।
उमेशका वुवा माधव पौडेल उनका जेठा छोरासँग छन् भने आमा उमेशसँग बस्दै आएकी थिइन् । आमा दिलमाया भने मंगलबार विहान नै काम विशेषले विराटनगर गएकाले घरमा उनी थिइनन् ।
श्रीमती र छोरीलाई मारेपछि आफ्नै घरमा आगो लगाएर आफन्त र छरछिमेकलाई श्रीमतीले घरमा आगो लगाएर भागेको भन्ने नाटकीय कुरा गरेका थिए । श्रीमतीलाई मारेपछि उमेश र सन्तुले मिलेर पछाडीको ढोकाबाट घिसार्दै घरदेखि करिब ७०० मिटर टाढा रहेको बिजुलीको हाइटेन्सन तारको पोलमा झुण्ड्याएका थिए । विहान स्थानियले उनलाई खुट्टा टेकिरहेको अवस्थामा भेटेका थिए भने छोरी आयुषा आमाको मुनि माटोमा मृत अवस्थामा थिइन् ।
इटहरी, १८ फागुन

प्रतिक्रिया दिनुहोस् >>