पूर्वाञ्चलमा मानवअधिकारको अवस्था चुनौतिपूर्ण
Posted by
purwanews
Published on
Wednesday, March 9, 2011
मोरङ/पूर्वाञ्चलमा पछिल्लो एक वर्षको अवधिमा मानवअधिकार उल्लङ्घनका घटनामा केही कमी आए पनि मानवअधिकारको अवस्थामा अझ धेरै चुनौती कायमै छन् ।
विगत एक वर्षको अवधिमा पूर्वाञ्चलमा मानवअधिकारको स्थितिबारे जानकारी गराउन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पूर्वाञ्चल क्षेत्रीय कार्यालयद्वारा बुधबार यहाँ आयोजित पत्रकार भेटघाटमा सार्वजनिक मानवअधिकार उल्लङ्घनका घटना संख्या, पीडित संख्या र घटना प्रकृतिलाई विश्लेषण गर्दा यस्तो अवस्था देखिएको हो । इन्सेक वर्ष पुस्तकमा प्रकाशित घटनाअनुसार पूर्वाञ्चलमा सन् २०१० मा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका ६ सय ५८ वटा घटनामा एक हजार २ सय ६२ जना व्यक्ति पीडित भएका थिए भने सन् २००९ मा ७ सय ९८ वटा घटनाबाट दुई हजार ९० जना व्यक्ति प्रभावित भएका थिए ।
दुई वर्षको तथ्याङ्क तुलना गर्दा पीडितको संख्यामा कमी आएको देखिएको छ । सो अवधिमा पूर्वाञ्चलको सप्तरी जिल्लामा मानवअधिकार उल्लङ्घनका सबैभन्दा बढी ८० वटा घटना भए भने त्यसबाट एक सयजना प्रभावित भएका थिए । सोलुुखम्बु जिल्लामा १८ वटा घटनाबाट २६ जना पीडित भएको देखिएको छ ।
सन् २०१० मा पूर्वाञ्चलमा गैरराज्य पक्षबाट ५ सय ३५ घटना र राज्य पक्षबाट ८ सय ५६ वटा घटना भएका थिए । त्यसबाट ३ सय ५७ पुरुष र तीन सय महिला पीडित भएका थिए । १ सय ९९ वटा नखुलेको जनाइएको छ । सो अवधिमा एकीकृत माओवादीबाट २ सय ४७ वटा घटना भएकामध्ये हत्या एक, कुटपीट ५३, धम्की ३६, बालअधिकार हनन् १ सय ३८, आर्थिक–सामाजिक १८ तथा अपहरणका एक घटना छन् ।
यसैगरी सो अवधिमा राज्य पक्षबाट भएका मानवअधिकार उल्लङ्घनका ६० वटा घटनाबाट १ सय ५९ जना पीडित भएको उल्लेख गरिएको छ । यस्तै सो अवधिमा जेटीएमएमजीद्वारा एक, जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीद्वारा एक, मधेस राष्ट्र जनतान्त्रिक पार्टीद्वारा एक, एकीकृत माओवादीद्वारा एक, सङ्घीय लिम्बुवान राज्य परिषद्द्वारा एक, नखुलेका संगठनद्वारा ३८ र अन्यबाट ८६ गरी कुल १ सय २९ वटा आपराधिक घटना गराइएको इन्सेक क्षेत्रीय संयोजक सोमराज थापाले बताए ।

प्रतिक्रिया दिनुहोस् >>