कालोमोसो दलिएको विरोधमा सुनसरी भरीका सरकारी कार्यालय बन्द

मोसो दलिएका अधिकृत ठाकुर
इटहरी, फागुन १७
सुनसरी जिल्लाका जिल्ला वन अधिकृत रामवृक्ष ठाकुरलाई सोमबार कार्यकक्षमा कालोमोसो दलिएको विरोधमा मंगलबार सुनसरी भरीका सरकारी कार्यालय बन्द भएका छन् ।
साथै घटनाको विरोधमा वन कार्यालयका कर्मचारीहरुले भने कार्यालय अनिश्चितकालका लागि बन्द गरेका हुन् ।
मातृका यादव समुहका केही कार्यकर्ताहरुले ठाकुरलाई कार्यकक्षमै पुगेर सोमबार दिउँसो कालोमोसो दलेका थिए । ठाकुरले पक्राउ परेका काठको विषयमा चासो नदिएको तथा काठ तस्करहरुसँग मिलेर तस्करीलाई सहयोग गरेको आरोप माओवादीको छ । तर ठाकुरले भने आफूसँग चन्दा मागिएको र चन्दा नदिँदा मोसो दलिएको बताएका छन् । सरकारले वन पैदावारको निकासी बन्द गरेको समयमा पनि वन फँडानी तीव्र रहेको समयमा माओवादीले यादवलाई भ्रष्टाचार गरेको भन्दै कालोमोसो दलेको हो । घटनाको विरोधमा कर्मचारीले काम गर्ने सुरक्षित वातावरण नपाएको भन्दै विरोध गरेका हुन् ।
यता अधिकृत ठाकुरलाई दुव्र्यहार र कालोमोसो दलेको आरोपमा सुनसरी प्रहरीले माओवादी कार्यकर्ता दावा लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
माओवादीले भने काठतस्करीमा ठाकुरको संलग्नता रहेको र पटक पटक सम्झाउदा अटेर गरि तस्करीलाई निरन्तरता दिएकाले कार्वाही स्वरुप कालो मोसो दलेको दावी गरेको छ ।
ठाकुरले आन्नद कत्था उधोगको कार्वाही एक हजारमा फुकुवा गरेको र मोटो रकम लिएको आरोप उनीहरुको छ । त्यसैगरि आईतवार डुम्रहाको काठ बरामदमा पनि कुनै चासो नदेखाएकाले कालो मोसो दलिएको माओवादीको भनाई रहेको छ ।
माओवादीका पप्पु मण्डलले आन्नद कत्था उधोगको कार्वाही विषयमा समेत अस्पस्ट रहेको र १ हजार ३ सय ७० टुना खयरको काठ समेत कहाँ राखिएको विषयमा समेत जानकारी नभएको वन प्रमुख ठाकुरले वताएकाले चेतावनी स्वरुपको कार्वाही गरिएको जनाकारी दिए । उनले ठाकुरबाट पटक पटक लापरवाही तथा अनियमिततामा संलग्रुनता देखिएको भन्दै चेतावनी स्वरुप मोसो दलिएको बताए ।
कालो मोसो दल्दा पनि सचेत नभए कडा कार्वाही गर्न पनि आफूहरु पछि नपर्ने मण्डलले चेतावनी दिए ।
यता प्रमुख ठाकुरले भने आफुसंग पटक पटक ५० हजार बढीको रकम सहयोग गर्न आग्रह गर्दैआएको र नदिएपछि कालो मोसो दलेको बताए ।
यता अधिकृत ठाकुरलाई दुव्र्यहार र कालोमोसो दलेको आरोपमा सुनसरी प्रहरीले माओवादी कार्यकर्ता दावा लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक राजेन्द्र पराजुलीले बताए ।
ठाकुरमाथि कार्यालय हाताभित्रै कालोमोसो दल्ने काम भएको जनाउदै आधा दर्जन कर्मचारी संगठनहरुको सोमबार साँझ बसेको बैंठकले भत्र्सना गर्दै दोषी उपर कडा कानूनी कार्वाही गर्न माग गरेको छ । बैंठकले कर्मचारीहरुको कार्यथलोमा सुरक्षाको ग्यारेन्टीको माग पनि गरेको छ ।
बैंठकले घटनाको विरोधमा भोलि(मंगलवार) सुनसरीका सबै सरकारी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको बैंठकमा सहभागी नेपाल राष्ट्रिय कर्मचारी संगठन सुनसरीका अध्यक्ष नारायण ढकालले बताए । सो पछि पुनः बैंठक बसेर थप विरोधका कार्यक्रमहरु सार्वजनिक गरिने छ ।
यता घटनाको बिरोध गर्दै जिल्ला बन कार्यालयका सम्पूर्ण कर्मचारीहरुले भने दोषी उपर कारबाहीको माग गर्दे माग पुरा नहुन्जेल कार्यालयका सम्पूर्ण कामकाज ठप्प पार्ने निर्णय गरेका छन् । नेपाल कर्मचारी संगठन सुनसरी र कर्मचारी युनियन सुनसरीले समेत घटनाको विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :