नेपालमा मुसाको परिवार नियोजन गर्ने नयाँ प्रविधि

किसानको प्रमुख शत्रुको रुपमा मानिने मुसाको सङ्ख्या न्यूनीकरण गर्ने उद्देश्यले नेपालमा पहिलो पटक मुसाको परिवार नियोजनसम्बन्धी नयाँ प्रविधि सुरु गरिएको छ। राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको किट विज्ञान महाशाखाले तीन वर्षको अभ्यासबाट मुसाको परिवार नियोजनसम्बन्धी नयाँ प्रविधि सुरु गरेको हो।

किसानलाई खेतबारीदेखि घरसम्म दुःख दिने गरेको मुसाको सङ्ख्या न्यूनीकरण गर्दै लैजाने उद्देश्यले मुसाको परिवार नियोजनसम्बन्धी नयाँ प्रविधि अपनाइएको महाशाखाका वरिष्ठ प्राविधिक पूर्णदासभौकाजी श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार मुसालाई सरिफाको बीउ पिसेर २० ग्राम पाउडर एक किलो दानामा मिसाई एक हप्ता खुवाएर छोडेपछि त्यसले कहिल्यै मुसा जन्माउँदैन। त्यसैगरी निमको बीउ पिसेर २० ग्राम पाउडर एक किलो दानामा सात दिन लगातार खुवाएमा मुसाले बच्चा जन्माउँदैनन् भने वयस्क मुसा भालेपोथीकै प्रजनन रोकिन्छ।
‘तीन वर्षको प्रयासबाट बल्ल सात दिनमा खुवाएर पुग्ने बनायौँ, तर लगातार खुवाउन चुनौतीपूर्ण हुने भएकाले अब एकै दिन खुवाउँदा पुग्छ कि भन्ने प्रयासमा लागिरहेका छौं, सायद अर्को वर्ष सफल होइएला ‘ –वरिष्ठ प्राविधिक श्रेष्ठले भन्नुभयो मुसाको परिवार नियोजन गर्ने यस किसिमको प्रविधिले किसानलाई अत्याधिक फाइदा हुने उहाँले बताउनुभयो। प्राविधिक श्रेष्ठले मुसा नियन्त्रणका लागि अपनाइएका परम्परागत विषादि खुवाउने, धराप थाप्ने लगायतका कार्यले मुसा नियन्त्रणमा ल्याउन नसकिने भएकाले यस किसिमको प्रविधि अपनाइएको बताउनुभयो।
विज्ञका अनुसार संसारमा २५ हजार जात 25;ा मुसा पाइन्छन्। नेपालमा नार्कको अहिलेसम्मको अनुसन्धानबाट ४५ जातका मुसा पाइएका छन्। किसानलाई बé8;ी क्षति पुर्‍याउने प्रमुख शत्रु मुसाका पाँच जातिमा हरो मुसा, डुकुरे मुसा, खेत मुसा सानो, खेत मुसा ठूलो र खेतको ढुकुरे मुसा छन्। खेतमुसा खेतबारीमा दुलो खनेर त्यही बस्छन्, घरमा कहिले पनि आउँदैनन्, धान, मकै, गहुँपछि खानका लागि दुलोमा सञ्चित गरेर राख्छन्।
वयस्क मुसाले भाले लागेको २०–२१ दिनमा ४ देखि १३ वटासम्म बच्चा जन्माउँछन्। एउटा वयस्क मुसाले ४० देखि ४५ ग्रामसम्म दैनिक अन्न खन्छ। यसरी हेर्दा एउटा मुसाले एक वर्षसम्म खाएको अन्नले एकजना मानिसलाई एक महिनासम्म खान पुग्छ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :