अपाङ्ग साहित्यकार: वियोग

नाम- वियोग सापकोटा
जन्म- २०२६ मंसिर गते
वुवा- गणेश सापकोटा
आमा- राधा सापकोटा
विवाह- २०५१ सालमा संखुवासभाकी कमला भट्टर्राईसँग
सन्तान- एक छोरी, नाम- दया, एक छोरा, नाम- भानु
छोराछोरीलाई पढ्नको लागि कलाकार विक्रम श्रिले सेतो बंगला बो. स्कुल, इटहरी- तथा साहित्यकार मनु मञ्जिलद्वारा कोशी सेन्टजेम्स आमावि, इटहरी- मा व्यवस्था मिलाइएको )
साहित्य यात्राको थालनी- २०४० सालदेखि
हालसम्म पकाशित कृति- खुकुरी कविता संगह -२०५१ साल)
तर सिमित खर्चमा सिमित संख्यामा निकालिएको खुकुरी संगहमै मात्र सिमित भयो )
हाल सैयौंको संख्यामा कविताहरु पकाशनको तयारीमा छन्
- उनको जीवनमा आधारित 'वियोग' नामक वृत्तचित्र समेत निर्माण भइसकेको - भुपेन्द भट्टर्राईद्वारा निर्देशित )
- उनको कृति पकाशनका लागि इटहरीमा रहेको आहृवान नेपाल नामक युवा समुह सहयोग संकलनको लागि लागिपरेको यसका साथै विभिन्न व्यक्तिहरुबाट पहल भइरहेको
- सहयोगी दाताहरुको नामावली फोटो सहित पकाशित कृतिमा उल्लेख गरिनेछ
सहयोग गरौं वियोगलाई
उन्मुक्त हाँसो हाँस्छन् उनी चेहरा पशन्न देखिन्छ धेरै गम्भीर होइनन्, तर कुरा दार्शनिक गर्छन् बोल्ने साथी पाए भने हस्सी मजाक पनि गर्छन् तर उनको मन भने सधै अस्थीर व्यग उनी समाज जीवनका अनेक रंगमा घोत्लिन्छन् व्यग चिन्तनशिल सोँचबाट शब्दका पोका निकाल्छन् हरफमा अनुवाद गरी कापीका पानामा पोख्न लगाउँछन् किनकी उनको आफ्नै हातले लेख्न सक्दैन खुट्टाले नै अभिव्यक्त गर्न सक्छ उनका भावनाहरु उनका हात खुट्टाहरु भएर पनि नभएजस्ता छन् बोल्छन्, तर आवाजले होइन, सासले सासले आफ्ना दार्शनिक गहिरा शब्दले बनेका रचना अभिव्यक्त गर्छन् केही सेकेण्ड लगाएर एउटा अर्थपूण स्वास निस्कन्छ त्यो स्वासलाई बुझेर उनका छोराछोरीले उनको हात बनेर कलम चलाइदिन्छन् यसरी उनका भावनाहरु कापीका पानामा पोखिन्छन्
"रगत बगेर के भो - मुटु फुटेको छैन
पााउ दुःखेर के भो - हिम्मत मरेको छैन
आँखा निभेर के भो - सपना डढेको छैन
शरीर ढलेर के भो - आत्मा ढलेको छैन "
यस्ता रचनाकार हुन्, इटहरीमा बसोबास गर्दै आएका साहित्यकार वियोग सापकोटा विश्व पसिद्ध लेखिका तथा साहित्यकार हेलेन केलर नेपालकै तारा झमककुमारीलाई धेरैले चिन्छन् तर चिन्नुपर्ने भएरपनि नचिनिएका साहित्यकार हुन् वियोग सापकोटा शारीरिक असक्तताका बाबजुद आफ्नो आत्मविश्वास कवित्वको कारण उनका उत्कृष्ट रचनाले थुपै पाना</span> कोरिएकाछन् जसको उदाहरण उनीद्वारा लिखित माथिको कविताको एउटा अंशले पनि दिन्छ यस्तै मन छुने कविता गीतका अलावा उनका लेख रचनाहरुले स्थानिय पत्रपत्रिकामा पकाशित भइ पाठकहरुको मन जित्ने पनि गरेको तर उनका रचनाले अरुको मन जितेपनि उनी आफू भने हारिरहेका छन् उनमा एक किसिमको उकुसमुकुसता दिक्दारी जसको कारक उनी भित्रकै कवित्व हो भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ तर कुरा सत्य हो
नभएर धेरै मानिस छट्पटिने गर्छन् उक्त कुरा पाउनको लागि तर भएर छट्पटिएका छन् साहित्यकार वियोग उनले लेखेका सयौं रचनाहरु कापीका पानामा स्थानिय एक दुइ पत्रपत्रिकामा मात्र सिमीत हुन पुग्दा उनी विरक्तिएका हुन् आफ्नो कृति पकाशित भएको हेर्ने इच्छा उनमा तीव कुनै दिन पकाशित हुने आशमा उनी दिनै पिच्छे कविता लेखाउँछन् तर आजसम्म ती पकाशित हुन सकेका छैनन्
कुनै पनि रचनाकारको सम्पत्ती भनेकै उनीहरुका रचनागन्थहरु हुन् तर आर्थिक अभावले हरेक रचनाकारहरुलाई पिरोलेको हुन्छ लेख्न नआएर होइन, लेखेको देखाउन नपाएर उनीहरु भित्रभित्रै ठूलो उकुसमुकुसता लिएर बाँचिरहेकाहुन्छन् त्यसमा पनि शारीरिक रुपमा हिड्न, बोल्न, लेख्न समस्या भएपछि कसको के लाग्दो रहेछ - सक्षम भए खेत खन्दा हुन्थ्यो, परिश्रम गरेर भएपनि कमाउन सकिन्थ्यो तर त्यो पनि गर्न नसक्दा टुलुटुलु हेरेर अरुको आशमा बाँच्नुको विकल्प नहुँदो रहेछ त्यस्तै , साहित्यको भीडमा कतै च्यापिएर रोइरहेका वियोग सापकोटाको जीवन
वियोग देशका बहुमुल्य गहना हुन् उनको मुल्यलाई चिनेर देशभरीबाट इच्छुक सहयोगी महानुभावहरुले साहित्यकार वियोग सापकोटाको कृति पकाशनार्थ सहयोग पुर्‍याइदिनुहुन हार्दिक अनुरोध तपाइहरुको सानो सहयोगले एउटा साहित्यिक रथीलेे जीवनकै सबैभन्दा ठूलो सम्पत्ती पाउन सक्नेछन् साथै सापकोटाका लेख रचनाहरु नियमित पकाशन हुने व्यवस्था</span> गरी सापकोटाको जीवन निर्वाहलाई सरल बनाउन सहयोग गरिदिनुहुन पनि पत्रपत्रिका लगायत सञ्चार माध्यमलाई पनि हार्दिक अनुरोध सापकोटालाई सहयेग गर्न चाहनुहुने महानुभावले वहाँको व्यक्तिगत टेलिफोन नं.०२१६९४३०० मा सर्म्पर्क गरिदिनुहुन अनुरोध
-हिमाल

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :