माइस्ट्रीयस गर्ल: कथा
" प्यार बेचिदिन्छु ... बहार बेचिदिन्छु ..." गीतको झंकारमा मस्त थियो त्यो ठाउँ । व्यस्त सडकसँगैको त्यो बार साँझ पर्नासाथ त्यस्तै गुन्जिन थाल्छ । केही गीतको तालमा नाच्न थाल्छन् त केही क्याबिन छिर्छन् ।
यो कसलाई ल्यायौ आज तिमीले -" बारको कुनामा लगेर एउटीले शिवालाई सोधी । त्यसरी सोध्ने केटी विवाहीता हो वा होइन, सहजै भन्न गाह्रो थियो । किनकि मेकअपले पुरै बिग्रिसकेको अनुहारमा ती युवती आधा कपडामा थिइन् । अनुहारले बुढी देखाएपनि उनको पहिरनले त्यस्तो केही भन्दैनथ्यो ।
उनको प्रश्नको उत्तरमा शिवाले आँखी भौ तन्कायो अनि केही परको मेचमा बसेर वरिपरि नियालिरहेको युवकतिर हर्ेर्दै भन्यो- "धनी लाहुरेको छोरा हो । आजसम्म उसलाई यस्तो केही थाहा छैन । भर्खर दश कक्षामा पढ्दैछ । पढाइमा राम्रो छ । आज फकाएर ल्याएको ।"
"अच्छा ।" ती म 61;िलाले भनिन्- "गाँठवाला हो भने त ठीकै छ ।"
"गाँठवाला हो । एक चोटी आयो भने पछि आफै पर्छ । धेरै मेहेनत गरियो नि यसलाई ल्याउन ।" शिवाले मुखमा चपाइरहेको गुटखाको झोल पिच्च थुक्दै भन्यो- "पाँच छ महिनाको मेहेनत छ । फेरि यसको एउटा ग्याङ नै छ । यसबाट ती सबैलाई ल्याउन सकिन्छ ।"
"राम्रो । बुद्धि त लगाएकै हो तिमीले । आज तिमी जो चाहे लेऊ । आजको त्रि्रो सबै खर्चको बन्दोबस्त म गरिदिन्छु ।"
"जय होस् मायाको ।" यसो भन्दै उसले उनको गाला चिमोट्यो । त्यो महिलाले आँखा सन्काइ ।
"अनि आज त्यसलाई त देख्दिनँ नि । धेरैपछि आएको सबै नयाँ मात्र देख्छु त ।"
"कसलाई खोजेको -"
"त्यही क्या त । पोक्ची ।"
"ए त्यो त अस्ति यहाँबाट हिडी । अघिल्लेा दिन एउटा भारतीय आएको थियो । भोलिपल्ट त त्यो हराइ । बम्बइ गइ रे भन्ने सुनेको छु । आफ्ना साथीहरुलाई भनेकी रैछे । त्यसले त मेरो व्यापार नै चौपट पारी नि । त्यसैलाइ हेरेर त आधा ग्राहक आउँथे ।"
"हो र -" शिवाको बोलीमा यसपटक अघिको जस्त्ाो जोस जाँगर थिएन । उसले सोध्यो- "किन गइछे त त्यो - पैसा त यहाँ पनि राम्रै कमाएकी थिई ।"
"खै - बा त्यो भारतीयले स्वास्नी बनाउँछु भनेर फकायो वा यहाँभन्दा राम्रो पैसा आउने ठाउँमा लगाइदिन्छु भनेर लग्यो । तर यो सब त्यसैले गर्दा भएको हो बुझ्यौ -" मायाले एकै सासमा सबै कुरा भनी ।
"ए ... बडो दुःख लाग्दो कुरा पो भएछ । त्यसलाई एक चोटी नभेटी त मलाई निदै्र लाग्दैनथ्यो ।"
"आ...छोडिदेऊ । यस्ता केटीहरु जहाँ बढी पैसा आउँछ, त्यही जान्छन् । अब अर्की ल्याऊ न । राम्रो पैसा दिन्छु ।"
"त्यो त ल्याउँला । कुनै ठूलो बात छैन । तर पोक्ची भनेको पोक्ची नै हो । बोर नै हुने भो नि । ठीकै छ । अनि यो लठ्ठुलाई को दिने -"
मायाले एकछिन सोचेजस्तो गर्दै भनी- "योसँग मिल्ने एउटी केटी छे । भर्खरै आएकी । भर्खर १५ वर्षपुगेकी छे ।"
"हो र - कहाँबाट आएकी हो -"
"घर धनकुटा भन्छे । निकै चालु रै'छे । केही सिकाउनुपरेको छैन । यसले पनि आफ्ना ग्राहक बनाइसकी ।" मायाले भनी ।
"राम्रो भो । त्यसलाई म भोलि हर्ेर्छर्ुु" एकछिन रोकिएर उसले भन्यो- "त्यसो भए यसलाई पठाइदिउँ न त ।"
"पर्ख । मैले खबर पठाइसकेको छु । अनि डि्रङ्क्स लेऊ न । आजको बार त्रि्रो नाममा ।"
"शुक्रिया ।" शिवाले झुकेर अभिवादनको स्वाङ पार्र्याे ।
"त्रि्रो यही बानी मन पर्छ मलाई ।" मायाले भनी ।
"अनि म चाहिँ नि -" शिवाले सोध्यो । "तिमी पनि ।" मायाले भनी अनि एकछिन रोकिएर आँखाको इशाराले आफ्नो पछि लाग्न भनी । शिवा कपाल मिलाउँदै मायाको पछि लाग्यो । त्यसअघि उसले ल्याएको त्यो केटोको कानमा भन्यो- "मोज गर ।"
यो जा;ने को हो -" त्यो केटोले सोध्यो । "माइस्ट्रीयल गर्ल ।" शिवा आफ्नो भएभरका दाँत देखाउँदै हाँस्यो अनि माया छिरेको क्याबिन भित्र पस्यो ।
प्रतिक्रिया दिनुहोस् >>