कुकुर पनि चुरोटको कुलतमा

मान्छे, वनमान्छे र बाँदरले मात्र होइन अब कुकुरले पनि चुरोट सल्काउन थालेको छ । चीनको हुबेई प्रान्तको बुचाङनिवासी पेसाले मान्छेको काम गर्ने २३ वर्षीय जेङ जिग्वाङले पालेको कालो कुकुर ‘ब्ल्याकी’ ले एक/दुईवटा होइन, दिनमा सिंगै एक बट्टा चुरोट पिउन थालेको छ ।
आफ्नो कुकुरलाई चुरोटको अम्मली बनाउने जोङका अनुसार, सुरुमा उक्त कुकुरले धुवाँ नै मन पराउँदैनथ्यो, तर उनले नाकैमा पर्नेगरी चुरोटको धुवाँ फाल्न थालेपछि विस्तारै कुकुरले चुरोटको गन्ध मन पराउन थालेको हो । यसैगरी, उनले जेङले कुकुरलाई चुरोट सल्काउन सिकाएका हुन् । उनले मीठो खानेकुरा ख्वाउने लोभ देखाएर चुरोट पिउन सिकाएका थिए ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :